मउवा संघको महासचिवमा विकेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०८१ पुष १५, सोमबार १७:३५
file-photo

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको महासचिव पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । मउवा संघको नयाँ नेतृत्वको लागि यही पुष २७ गते निर्वाचन हुँदैछ । त्यसका लागि उनले महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

वर्तमान उद्योग वाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका श्रेष्ठले तु खबरसँग कुराकानी गर्दै आफु अनिल अग्रवालको प्यानलबाट मउवा संघको महासचिव पदका लागि उम्मेदवार बन्न लागेको बताए ।

उनले सम्पूर्ण व्यवसायीहरुले आफ्नो अमुल्य मत प्रदान गरी महासचिव पदमा निर्वाचित गराइदिन समेत आग्रह गरेका छन् । श्रेष्ठले मउवा संघको गत निर्वाचनमा ८७० मत प्राप्त गरी दोस्रो नम्वरमा कार्यसमिति सदस्यको पद हासिल गरेका थिए ।

साथै उनी केही दिन अघि मात्रै भएको नेपाल जेसीजको महासचिव पदमा समेत मनोनित भएका थिए । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् ।

श्रेष्ठ हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष समेत हुन् । श्रेष्ठ लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।