त्रिविद्वारा ८ संकायका डीन नियुक्त

तु खबर संवाददाता
२०८१ मंसिर ३०, आईतवार १०:४३
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । हिजो शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

बैठकले मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र संकायको डीनमा प्राडा बेदराज आचार्यलाई नियुक्त गरेको त्रिवि प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए ।

यसैगरी, वन विज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर ठाकुर सिलवाल, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा सुशिल बहादुर ब्रर्जाचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनमा प्राडा शंकर खनाललाई नियुक्त गरिएको छ ।

त्यस्तै, योजना निर्देशनालयका निर्देशकमा डाक्टर लंक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर राजेन्द्र कुँवर र व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त भएका छन् ।

त्रिविले मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको प्रवक्ता बोहराले जानकारी दिए ।