छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा
काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनकोे परिकल्पनामा पहिलो संस्करणबाट सुरु भएको छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा भएको छ ।
गोदावरी नगरपालिका वडा नम्वर–११ चापागाउँको, प्याङ्गगाउँमास्थित खेल मैदानमा मंसिर २७ गतेबाट २९ गतेसम्म प्रतियोगिता हुने र त्यसका लागि आवश्यक तयारी पूरा भएको आयोजक संस्था ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष बिनोद महर्जनले जानकारी दिए ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी ,बक्सिङ्ग, कराँते फुलकन्त्याक कराँते ,तेक्वान्दो, उसु मुवा थाई र एमएमए गरी २१२ जना खेलाडीहरुले सहभागि हुने जनाइएको छ ।
प्रतियोगितामा १३ वटा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुनेलाई नगद ३०/३० हजार, दोस्रो हुनेलाई नगद १५/१५ हजार र तृतीय हुनेलाई ८/८ हजार नगदसहित पदक र प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष महर्जनले बताए । उनका अनुसार समग्रमा पहिलो हुने समूहलाई १ लाख रुपैयाँ, दोस्रो हुने समूहलाई ५० हजार रुपैयाँ र तेस्रो हुने समूहलाई २५ हजार रुपैँया प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि कूल ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।


