घुस लिँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ८, मंगलवार १५:५७
सांकेतिक तस्बिर

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

ओली ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार पक्राउ परेका हुन् । उनलाई झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट पक्राउ गरिएको हो ।

उनलाई घुस रकम लिँदै गर्दा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले उक्त रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाइएको छ ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको बुझिइएको छ ।

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।