पूर्वमन्त्री राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी गठन गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले उक्त नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए ।
उनका अनुसार, पार्टीको पदाधिकारीहरुको नाम भने टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिनेछ ।
बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको पनि उनको भनाई छ ।