अवैध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ३, बिहीबार ०८:५७

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकुवु सिरिल ओबोडोइफुला र भारतीय नागरिक २४ वर्षीय फहिमुद्दीन नसिमुद्दीन अन्सारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिक ओबोडोइफुलालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ओबोडोइनफुलामाथि आवश्यक सोधपुछ प्रकृया अगाडि बढाउने क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका–२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिक अन्सारीले दिइको खुलेको र उनको कोठा तलासी गर्दा ६२ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको जनाइएको छ ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।