तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । संघीय सांसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरेको छ ।
आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको छ ।
त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।