हेटौंडाका लामा पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण १, मंगलवार १६:४१

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले सोमबार राति हेटौंडाका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामा रहेको प्रहरीले जनाएको छ ।

लामा लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुलसहित पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४१०४ नम्बरको टाटा सुमो गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।