जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

तु खबर संवाददाता
२०८१ असार २१, शुक्रबार १८:४६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यस्तै, सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।