बिहीबार सुनको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको जनाएको छ ।
भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको भाउ तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।