लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ
धनगढी । प्रहरीले कैलालीबाट लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति जिल्लाको गोदावरी नगरपालिका–२, तेघरीबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रहीले जनाएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२, तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागूऔषध (खैरो हेरोइन) को धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम बरामद गरेको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको जनाइएको छ ।
