मंगलबार नेप्सेमा वृद्धि, ४ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्सेमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६० अंकले वृद्धि भएको हो ।
नेप्सेका अनुसार, मंगलबार नेप्से ० दशमलव २७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१ दशमलव ७७ बिन्दुमा पुगेको हो ।
यस्तै , आज ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी आज १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ ।