मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा. नं.८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् ।
उनीहरुलाई लागूऔषध नाईट्रोभेट २२ पत्तासहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, कुलेखानी सडकखण्डमा हेटौडांबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०६–०१ प ३७६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।