आइतबार २७ सयले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १०:५८

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको अन्तिम दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैबीच, आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले नजनाएको छ ।