हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ३ किलो ६० ग्राम लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मनिया गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय मोहम्द मुस्ताक राईन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५ बाट प्रहरी चौकी रातोमाटे चेकपोष्टबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको का. ७ ख १०५२ नम्बरको यात्रुबाहक बसमा चेकजाचँ गर्ने क्रममा बसमा सवार यात्रु राईनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजालाई पक्राउ गरिएको हो ।
लागुऔषधसहित पक्राउ परेका राईनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।