अज्ञात समूहद्वारा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाडौं । ललितपुरको गोदावरीमा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात समूहले भैंसेपाटी घर भएका मनोज कुमार बानियाँमाथि खुकुरी प्रहार गरेका हुन् ।
बानियाँमाथि चार जनाको समूहले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट बानियाँको टाउको र हातमा चोट लागेको छ ।
उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् ।
खुकुरी प्रहार गरेर फरार रहेका ती व्यक्तिहरुको खोजीकार्य गर्नुका साथै प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।