भ्रमण सकेर आज स्वदेश फर्किँदै राष्ट्रपति पौडेल

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:१३
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।

उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो सचिवालयका अनुसार, राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको छ ।

राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।