बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरी निरीक्षक पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार ०९:२७

काठमाडौं । बाल यौन र्दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बिदुर शिवाकोटी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर शिवाकोटी पक्राउ परेका हुन् ।

उनलाई एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित विद्यालयहरुमा सचेतनामुलक अभियान संचालनको क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो ।

शिवाकोटीलाई महानगरको टोलीले नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको जनाइएको छ ।