बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १६:०६
सांकेतिक तस्बिर

दाङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार दिउँसो दाङबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथ रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो ।

ती घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।