सेयर बजार ६ दशमलव २२ अंकले बढ्यो, ४ अर्ब ८ करोडको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव २२ अंकले बढेको छ । सोमबार ३ दशमलव ९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६ दशमलव २२ अंकले बढेको हो ।
० दशमलव २९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । यस्तै, मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।
यस्तै, नेप्से परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार र ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएको छ ।
