गाँजासहित तीन जना पक्राउ

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २ सय ५० किलो गाँजासहित गएराित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जना रहेका छन् ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१–०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त लागूऋौषधसहित पक्राउ गरेको हो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।