राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएके छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार, उक्त बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री द्वय भास्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको जनाइएको छ ।