सोडारीलाई विश्वासको मत दिने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् ।
उनका अनुसार, पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ ।
सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त बनेका थिए ।
उनले २१ र २२ वैशाखमा विश्वासको मत लिने तयारी गरेको भएपनि विश्वासको मत लिन सकेको थिएन ।
सोडारीले यही जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।



