आज पनि स्थगित भयो सुदूरपश्चिम प्रदेश सभा

तु खबर संवाददाता
२०८१ बैशाख २२, शनिबार १५:५६
file-photo

धनगढी । सुदूरपश्चिम प्रदेश सभा स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको प्रदेश सभा शनिबार पनि स्थगित भएको हो ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बस्ने गरी बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोगजनका लागि आह्वान गरेको बैठक यो दोस्रो पटक स्थगित भएको हो । यसअघि शुक्रबार बोलाइएको प्रदेश सभा पनि स्थगित गरिएको थियो ।