डढेलो निभाउने क्रममा घाइते भएका शङ्करको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १६:३१
सांकेतिक तस्वीर

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, आगो निभाउने क्रममा शङ्कर पहरी र रमेश पहरी घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर पहरीको मृत्यु भएको हो ।