वडाध्यक्ष तामाङ पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १७, सोमबार ०९:४०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ आइतबार पक्राउ परेका हुन् ।

उनलाई प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार, उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाई तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको जनाएको छ ।