सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम् लेग स्पिनर सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ ।
उनीविरुद्ध उच्च अदालत पाटनमा परेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको हो ।
यसअघि अदालतले उक्त मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो ।
सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।