ललितपुरका शिक्षकहरूले एसइई उत्तर पुस्तिका परीक्षण नगर्ने

तु खबर संवाददाता
२०८१ बैशाख ९, आईतवार १८:१६
file-photo

काठमाडौं । ललितपुर जिल्लाका शिक्षकहरुले माधयमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण नगर्ने भएका छन् ।

ललितपुरको शिक्षक संघ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यस पटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका हुन् ।

आइतबार नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्घटनका उपाध्यक्ष प्रकाश घिमिरे, प्रगतिशील शिक्षक सङ्घटनका अध्यक्ष गोविन्द चिलवाल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलेश प्रधानले संयुक्त रूपमा परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो घोषणा गरेका हुन् ।

ध्यानाकर्षपत्रमा उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नभएसम्म उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुने उल्लेख गरेको छ ।