इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङको सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तामाङ शनिबार राति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र खसेका थिए ।
उनको वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको टोलीले उद्दार गरेको हो ।
प्रहरीका अनुसार, करिब ३० फिट गहिरो इनामार खसेका थिए । उनलाई उपचारका लागि पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको छ ।