बागमतीमा ६८९५ परिवारको स्वास्थ्य बिमा

तु खबर संवाददाता
२०८० चैत्र २९, बिहीबार १७:५१
file-photo

कवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी परिवारको स्वास्थ्य बिमा गरिदिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आवमा ६ हजार ८ सय ९५ लक्षित परिवारको स्वास्थ्य बिमा गरेको हो ।

सो बापत मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार ९ सय ५० रुपैयाँ प्रिमियम भुक्तानी दिएको हो ।

प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपांग र स्वास्थ्य स्वयमसेविकाको बिमा बापतको प्रिमियम भुक्तानी गरिदिएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार, प्रदेशको १३ वटै जिल्लामध्ये सबैभन्दा बढी चितवनमा भुक्तानी भएको पाइएको छ ।

यस्तै, महिला स्वास्थ्य स्वयंसेविका १ सय ४, अपांगता ३ सय ७७ र अति सीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।