नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १७:११

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा तारकेश्वर नगरपालिका–११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका–१ घर भएकी २६ वर्षीया मुनु गुरूङ रहेका छन् ।

उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो ।

साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको पनि उद्दार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।