अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १६:००
सांकेतिक तस्बिर

कास्की । कास्कीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् ।

उनलाई लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित बुधबार प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।