जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रसुवा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक युकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घले रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घलेले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरील पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
