लुटपाटमा संलग्न दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १८, आईतवार १७:५३
सांकेतिक तस्बिर

काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका –६ बस्ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने राजु गुरूङ रहेका छन् ।

उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेका जनाइको छ ।