रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको नेतृत्व भट्टलाई
मकवानपुर । नेपाल रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको नेतृत्व रामकृष्ण भट्टले पाएका छन् ।
प्रथम भेलाबाट भट्टको अध्यक्षतामा १९ सदस्यीय रिटर्नी एसोसियसन मकवानपुर गठन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा महेन्द्रराज खड्का, सचिव अमिर लामा, सह–सचिव मणिराम बल, कोषाध्यक्ष किरण राई लगायत रहेका छन् ।
नेपाल रिटर्नी एशोसिएन केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको प्रमुख आतिथ्यता तथा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा भेला भएको हो ।
