८ जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौं घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर, ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ८८ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास पनि बरामद गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
