आइपीओ निष्कासन गर्दै सभापोखरी हाइड्रोपावर

तु खबर संवाददाता
२०८० चैत्र ४, आईतवार १८:०२
file-photo

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्दैछ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत्र २४ गते वार्षिक साधारण सभा आह्वान गरिएको छ ।

सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

सभामा आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।