रेशम चौधरीले पाएनन् नाउपाको अध्यक्षमा मान्यता

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १५:४३
file-photo

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीले मान्यता पाएनन् । निर्वाचन आयोगले नाउपाको अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीले गत २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।

त्यस अनुसार, नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको भएपनि निर्वाचन आयोगले अस्वीकार गरेको हो ।

आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको हो ।

निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।