लागुऔषधसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०९:५९
सांकेतिक तस्बिर

काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित प्रहरीले काठमाडमौंबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले १५ ग्राम खैरो हिरोइनसहित बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ बाट एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापा रहेका छन् । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार उनलाई सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।