पाकिस्तानले सबै सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने

इस्लामवाद । पाकिस्तानमा सामाजिक संजालहरूमाथि प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ ।
यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् ।
पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा उक्त प्रस्ताव पेस गरेका हुन् ।
उक्त प्रस्तावमा सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको उल्लेख छ ।–एजेन्सी