प्रहरीका ७ प्रहरी उपरीक्षकको काज सरुवा

तु खबर संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १५:२०
file-photo

काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालले जानकाररी दिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई पठाइएको छ । सर्वोच्च अदालत सुरक्षा कार्यालयमा विनोद सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ ।

प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको जनाइएको छ ।