२३ जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । उपत्यकाको कीर्तिपुरस्थित दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले २३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कीर्तिपुर नगरपलिका–६ र कीर्तिपुर नगरपालिका–१ अमृतनगरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
कीर्तिपुर–६, बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत प्रहरीले १५ जनालाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौंको कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
