एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ०८:५७
file-photo

काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको पार्टीको २७ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

यस्तै, बैठकले एमालेले सातौं केन्द्रीय समिति बैठक यही फागुन ८, ९ र १० गतेलाई बालाउने निर्णय गरेको छ । उक्त बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।