नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
बुधबार ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो ।
आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यस्तै, आज २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।