एकीकृत समाजवादी बागमतीले दियो विभिन्न नेतालाई जिम्मेवारी
काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ ।
एकीकृत समाजवादी बागमतीले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी दिएको छ ।
यस्तै, केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशङ्कर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली) को जिम्मेवारी दिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन् ।
यस्तै, केन्द्रीय नेताहरु ललित बस्नेतलाई मकवानपुरको, केशवलाल श्रेष्ठलाई चितवनको, राजेन्द्र लोहनीलाई नुवाकोटको, साङ्गेतेम्बा लामालाई रसुवाको जिम्मेवारी दिएको हो ।
