माओवादी विधान अधिवेशनः चुनाव चिह्न फेर्न सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न फेर्न सुझाव दिइएको छ ।
माओवादीको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका हुन् ।
विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् ।
मंगलबारबाट सुरु भएको माओवादीको विधान अधिवेशन भोलि फागुन ३ गतेसम्म संचालन हुनेछ ।
