जुवातास खेलिरहेका १७ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १६:०९

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेका १७ जनालाई नियण्न्त्रणमा लिएको छ । प्रहरीले शंखरापुर र चन्द्रागिरिबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शंखरापुर नगरपालिका–७ साँखुस्थित सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, चन्द्रागिरि नगरपालिका– ८, कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरुङ समेत ८ जनालाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रुपैयाँ र ६ बुक ताससहित नियन्त्रणमा लिएको हो । ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।