हेटौंडामा सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ २८, आईतवार १०:३३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिने सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम जेरिना कम्प्युटर इन्फोसिसको आयोजना तथा रुजी–रेइ ब्राण्डको सहयोगमा भएको भएको हो ।

सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक कुशवाहाले जानकारी दिए ।

जिल्लाका विभिन्न क्षेत्रमा रही सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा कार्यरत र विभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरी अभिमुखीकरण गरिएको उनको भनाई छ ।

अभिमुखीकरण कार्यक्रममा रुजी–रेइ कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धित प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा मकवानपुर, बारा, चितवनस्थित बिभिन्न गाउपालिका, नगरपालिका, विद्यालयका शिक्षक, सूचनाप्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।