विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु
मलेखु । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।
अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो उछिट्टिएर आफ्नै शरीरमा रेटिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
