आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने भएको हो ।
जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । सो बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने भएको छ । बैठकमा समितिबाट हालै सम्पन्न भएको भारत भ्रमणको बारेमा जानकारी गराइने कार्यसूची रहेको छ ।
